२६ बाक्सा पटाका बरामद
काभ्रेपलाञ्चोक | असोज ६, २०८१
तस्बिर फाइल
काभ्रेपलाञ्चोक: बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ ।
नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो ।
यस्तै, खुर्सानी लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७–१८ का दरले जम्मा दुई सय ३९ बण्डल ९प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले० गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसरी लुकाइछिपाई पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रकचालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

